पाकिस्तानले गुमायो पहिलो विकेट

By खबरहब

June 10, 2024

काठमाडौं – आईसिसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा अहिले भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ ।

भारतले दिएको एक सय १९ रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले पहिलो विकेट गुमाएको छ । पाकिस्तानका कप्तान बाबर आजम पाँचौ ओभरको चौथो बलमा आउट भएका हुन् । उनलाई भारतका जसप्रीत बुमराहले आउट गरे ।

आउट हुनुअघि बाबरले १० बलमा दुई चौकासहित १३ रन बनाएका थिए ।