खेलकुद

टी–२० विश्वकप : ओमानद्वारा स्कटल्याण्डलाई एक सय ५१ रनको चुनौती

By खबरहब

June 10, 2024

एजेन्सी– आईसिसी टी–२० विश्वकप अन्तर्गत समूह ‘बी’को खेलमा ओमानले स्कटल्याण्डलाई एक सय ५१  रनको लक्ष्य दिएको छ ।

सर भिभियन रिचर्ड्स स्टेडियम टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५० रन बनायो ।

उसका लागि प्रतिक आठवलेले अर्धशतक प्रहार गरे । ४० बलको सामना गरेका उनले पाँच चौका र दुई छक्काको मदतमा ५४ रन बनाए । त्यस्तै आयन खानले ४१, अकिब इलियास १६, मेहरान खानले १३ रनको योगदान दिए ।

स्कटल्याण्डका सफायान सरिफले दुई विकेट लिए । मार्क वाट, ब्राड व्हील, क्रिस सोल, क्रिस ग्रीव्सले एकएक विकेट लिए ।

जारी विश्वकपमा ओमानले आफ्ना दुवै खेलमा हार बेहोरेको छ । ओमानले नामिबिया र अस्ट्रेलियासँग हार बेहोरेको थियो ।

त्यस्तै स्कटल्याण्डले भने नामिबियालाई पराजित गरेको थियो भने इङल्याण्डसँगको खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गरेको थियो । ओमान र स्कटल्याण्डबीच अहिलेसम्म कुल ४ टी२० भएका छन् । जसमा चारै खेल स्कटल्याण्डले जितेको छ ।