मनोरञ्जन

३८० भन्दाबढी कलाकारको अभिनय रहेको वेबसिरिज ‘साहु बा’को टिजर सार्वजनिक 

By खबरहब

June 10, 2024

काठमाडौं– वेभसिरिज ‘साहु बा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार ठमेलमा एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरेको हो । 

निर्माण पक्षले दिएको जानकारी अनुसार यो सिरिज ‘क्राइम एक्सन’ जनराको हो । २४ एपिसोडको यो सिरिजमा ३८० भन्दा बढी कलाकारको अभिनय रहेको निर्माण पक्षको दाबी छ । 

निर्देशक एवं लेखक सुजोय योङका अनुसार यो सिरिज तीन वर्ष लगाएर तयार गरिएको हो । यसमा सरिता गिरी, प्रियंका कार्की, नम्रता श्रेष्ठ, कविता नेपाली, छुल्ठिम गुरुङ, अभिनेश शाह, रमेश अधिकारीलगायतको अभिनय रहेको छ । 

यो म्युजिक नेपाल र फ्रेम इन मोसनको सहकार्यमा निर्माण भएको हो । साउन अन्त्यबाट एपीवान टेलिभिजनबाट यसको प्रसारण गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । 

हेर्नुहोस् टिजर :