समाचार

महोत्तरीमा एक युवकमाथि गोली प्रहार 

By खबरहब

June 10, 2024

जनकपुरधाम– महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ । 

जिल्लाको गौशाला नगरपालिका ११ भरतपुरका ३० वर्षीय मुरारी भनिने विनय महतोमाथी मराहा खोलामा गोली प्रहार भएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

कम्मरमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि जनकपुर ल्याइएको छ । 

आज साँझ करिब ६ बजे घरबाट गौशाला बजार जाने क्रममा मराहा खोलामा दुईवटा मोटरसाइकलमा आएका हतियारधारी समुहले लुटपिट गर्न गोली प्रहार गरेको  बताईएको छ् । 

उनले लगाएको सुनको ब्रासलेट र सिक्री लुटिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।