सांकेतिक तस्बिर

अपराध

युवतीको अश्लील भिडियो बनाएको आरोपमा दुईजना पक्राउ

By खबरहब

June 10, 2024

कैलाली – धनगढीमा युवतीको अश्लील भिडियो बनाएको आरोपमा मोबाइल ग्यालरीका सञ्चालकसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशीष मोबाइल ग्यालरीका सञ्चालक धनगढी–१ का शल्ताज आलम र त्यहीँ काम गर्ने १३ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कविन्द्रबहादुर बोहराले जानकारी दिए ।

उनीहरूले मर्मत गर्न दिएको मोबाइलमा मोबाइल धनीको बहिनीको मुखाकृति जोडी अश्लिल भिडियो, फोटो बनाइ मोबाइल धनीको फेसबुक म्यासेन्जरमा पठाएको खुलेको छ ।

मोबाइल धनीको फेसबुक आइडी आफैँले चलाइ विभिन्न अश्लील साइट सर्च गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको बोहराले बताए ।

पीडित युवतीले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।