खेलकुद

अर्जेन्टिनाका लागि मेसीले गरे १०९ गोल : क्यानडाविरुद्ध अग्रता दोब्बर

By खबरहब

July 10, 2024

काठमाडौं – अर्जेन्टिनाका लागि लियोनल मेसीले सर्वाधिक १०९ गोल गरेका छन्। कोपा अमेरिका कपको सेमिफाइनलको ५१ औं मिनेटमा क्यानडाविरुद्ध गोल गर्दै मेसीले १०९ गोल पुर्याएका हुन्।

अर्जेन्टीका कप्तान मेसीले कोपा अमेरिकाको सेमिफाइनमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।

जारी खेलमा अर्जेन्टिनाले क्यानडामाथि २-० गोलको अग्रता लिएको छ।

खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गरेका थिए

खेलको ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा मेसीले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्। प्रतियोगितामा मेसीको यो पहिलो गोल हो।

मेसीले सहभागीता जनाएका ६ वटा कोपा अमेरिका प्रतियोगितामा गोल गरेका छन्। मेसीले २००७ देखि अहिलेसम्म ६ वटा कोपा अमेरिकामा गोल गरेका हुन्। २००७, १०१५, २०१६, २०१९, २०२१ र २०२४ मा गोल गर्न सफल भएका हुन्।

अर्जेन्टिनाका लागि १०९ गोल गरेका मेस्सी देशका लागि गोल गर्ने रोनाल्डोपछि दोस्रो नम्बरमा छन्।