काठमाडौँ– काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा दुईपाङ्ग्रे सवारी साधनको पार्किङ्ग हटाएपछि अहिले मन्दिर, सम्पदा, गल्ली गल्ली र चोकहरू पार्किङ स्थलको रुपमा परिणत भएका छन् ।
विशेषगरी महानगरपालिकाभित्र बसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डप वरिपरिका क्षेत्र, मरुहिटी क्षेत्र अहिले पार्किङ स्थल बनेका छन् । यस्तै, सङ्कटा मन्दिर क्षेत्र पनि पार्किङ्गस्थल बनेको छ ।
सांस्कृतिक नगरीको रुपमा परिचित काठमाडौँ महानगरका सम्पदाहरू मोटरबाइक र स्कुटरले छोपिएका छन् ।
यसरी गल्ली र चोकहरू पार्किङ गर्नाले पैदल हिँड्न सर्वसाधरणलाई असहज भएको छ ।
महानगरपालिकाले न्युरोड क्षेत्रको विकल्पमा सुन्धारामा पार्किङ्गको निःशुल्क व्यवस्था गरिदिएको छ ।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी