समाचार

अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालन

By खबरहब

July 10, 2024

लमजुङ– पहिरोले अवरुद्ध डुम्रे-बेँसीसहर सडक खुलेको छ । मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए । 

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँं, पोखरा र चितवन र  ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए ।