फाइल फोटो

समाचार

आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन

By खबरहब

July 10, 2024

दमौली– पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो । 

ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन गरिएको हो ।  म्याग्दे गाउँपालिका–६ स्थित मौरीओडार सडक पनि एकतर्फी रूपमा सञ्चालन भएको छ । नदीले बगाएका फेला परेनन्

तनहुँको व्यास नगरपालिका–१ स्थित छाब्दी खोला दोभानमा खोलाले बगाएका काठदाउरा खोज्न गएका ५५ वर्षीय तालबहादुर थापा बेपत्ता भएका छन् ।