आर्थिक

१९ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

By खबरहब

July 10, 2024

काठमाडौं– आर्थिक वर्ष २०८०-८१ को असार मसान्तसम्मा विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार देशको आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक गर्दै गत आवको तुलनामा २७.८ प्रतिशतले बढेको देखाएको हो ।  

गत  २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको छ । २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ ।

 बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ छ प्रतिशतले वृद्धि भई २१४ अर्ब ४२ करोड कायम भएको छ ।

 २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।