अन्तर्राष्ट्रिय

कश्मीरमा सेना परिचालन नगर्न माग गर्दै क्यानाडामा प्रदर्शन

By खबरहब

July 10, 2024

काठमाडौं । पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा सेनापरिचालन नगर्न माग गर्दै क्यानाडामा प्रदर्शनको आयोजनागरिएको छ ।

युनाइटेड कश्मीर पिपुल्स नेशनल पार्टी (यूकेपीएनपी)को क्यानाडा शाखाले क्यालगेरीमा प्रदर्शनगरेको हो ।

प्रदर्शनकारीले पाकिस्तान प्रशासित जम्मु कश्मीरमा सेनापरिचालन नगर्न र शान्तिपूर्ण प्रदर्शनकारीमाथि बल प्रयोग नगर्नपाकिस्तान सरकारसमक्ष माग गरेका थिए ।

यूकेपीएनपीकाप्रवक्ता सरदार नसिर अजिज खानले शान्तिपूर्ण प्रदर्शनमासहभागीहरुमाथि झूठो मुद्दा चलाइएको भन्दै निन्दा गरे ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यसअघियूकेपीएनपीका अध्यक्ष सरदार शौकत अली कश्मीरीले पनिसेना परिचालन नगर्न पाकिस्तान सरकारलाई आग्रह गरेकाथिए ।

पछिल्लो समय विद्युत् कटौती, सडक पूर्वाधारकोदुरावस्था तथा बढ्दो महङ्गीको विरोधमा पाकिस्तानअधिनस्थ जम्मु कश्मीरका स्थानीयहरु प्रदर्शनरत छन् ।