फाइल तस्वीर

देश/प्रदेश

तलब निर्धारणमा भेदभाव भए आन्दोलन गर्ने चेतावनी

By खबरहब

July 10, 2024

काठमाडौं – निजामती सेवाका राजपत्र अनंकित कर्मचारीहरूले तलब निर्धारणमा भेदभाव भए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कुनै पनि तह र पदका कर्मचारीलाई अन्याय नहुने गरी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न उनीहरुले माग गरेका हुन् ।

सर्वोच्चको फैसला कार्यान्वयन गर्न राज्यको कर्तव्य हो भन्दै तलबमान निर्धारणमा राजपत्र अनंकित कर्मचारीलाई बेवास्ता गरिएमा आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमा जनाइएको छ।

कुनै पनि तह र पदका कर्मचारीलाई अन्याय नहुने गरी सो फैसला कार्यान्वय गर्नु राज्यको कर्तव्य हो भन्दै तलबमान निर्धारणमा राजपत्र अनंकित कर्मचारीलाई बेवास्ता गरिएमा राजपत्र अनंकित कर्मचारीहरु आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमा जनाईएको छ।