राजनीति

बुढानीलकण्ठमा देउवा र ओलीबीच दुई घण्टा छलफल

By खबरहब

July 10, 2024

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ ।

बुधबार साँझ देउवा निवास बुढानिलकण्ठमा उनीहरुबीच करीब दुई घण्टा छलफल भएको बताइएको छ । एमालेका एक नेताका अनुसार नयाँ सरकार गठनको विषयमा छलफल भएको हो ।

छलफलमा कांग्रेसका रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका थिए ।