अन्तर्राष्ट्रिय

शान्तिलाई महत्व दिन पुटिनलाई मोदीको आग्रह

By खबरहब

July 10, 2024

एजेन्सी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युद्धले समस्याको समाधान नगर्ने बताएका छन् ।

मंगलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तामा मोदीले ‘युद्धले समस्याको समाधान नगर्ने’ बताउँदै शान्तिलाई महत्व दिन आग्रह गरेका हुन् ।

‘एउटा सच्चा मित्रका रूपमा हामीले धेरै मुद्दामा छलफल गर्‍यौँ । युक्रेनबारे हामी दुवैले आफ्नो विचार खुला र विस्तृत रूपमा राख्न सकेकामा खुसी लागेको छ,’ मोदीले भने ।

मस्को भ्रमणका क्रममा पुटिन र आफूले युक्रेनमा रुसी सैन्य अभियानलगायत धेरै विषयमा छलफल गरेको मोदीले जानकारी दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

पुटिनसँग मोदीले हिन्दीमा कुराकानी गरेका थिए, जसलाई इन्टरप्रेटरले रुसी भाषामा अनुवाद गरेर छेउमा रहेका पुटिनलाई अर्थ्याएका थिए ।