खेलकुद

पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि अमेरिका र चीनको चर्को प्रतिस्पर्धा

By खबरहब

August 10, 2024

पेरिस – फ्रान्सको पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा अमेरिका र चीनको स्वर्ण विजेता सूचीमा चर्को प्रतिस्पर्धा देखिएको छ। शुक्रबार रातिसम्मका खेल सकिँदा अमेरिका र चीनले समान ३३-३३ स्वर्ण जितेका छन्। पदक तालिकामा अगाडि रहेको अमेरिका शीर्ष स्थानमा छ भने चीन दोस्रो स्थानमा छ।

अमेरिकाले ३३ स्वर्ण, ३९ रजत र ३९ नै कास्यसहित १११ पदक जितेको छ। चीनले भने ३३ स्वर्ण २७ रजत र २३ कास्यसहित ८३ पदक जितेको छ। स्वर्णको प्रतिस्पर्धामा चर्को प्रतिस्पर्धा देखिए पनि पदक तालिकामा भने अमेरिका धेरै अगाडि छ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण पदक जितेको छ भने चौथो स्थानको जापानले १६ वटा स्वर्ण जितेको छ।

युके, आयोजक फ्रान्सले समान १४-१४ स्वर्ण जित्दा दक्षिण कोरिया र नेदरल्यान्ड्सलेसमेत समान १३-१३ स्वर्ण जितेका छन्। जर्मनी १२, इटली ११ स्वर्णसहित नवौं र १० औं स्थानमा छन्।

दुई सय बढी देश सहभागी ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन्।