फोटो फिचर

चंगा‍‍ चेट ! (तस्बिरहरु)

By खबरहब

October 10, 2024

काठमाडौं । प्राचीन कालदेखि चीनबाट शुरु भएको चंगा उडाउने प्रचलन संसारभरि फैलिएको छ । नेपालमा चाहिँ खास गरी दशैंका बेला चंगा उडाउने गरिन्छ । शरद ऋतुमा वर्षा नहुने भएकाले आकाशमा चंगा उडाउने उपयुक्त मौसम हो ।

काठमाडौंमा पनि चंगा उडाउने प्रचलन निकै पुरानो हो । दशैंका बेला उपत्यकाका आकाशमा चंगा बाक्लै देख्न सकिन्छ । पसलहरुमा पनि योबेला चंगा र लट्टाईको ब्यापार बढेको पाइन्छ ।

कागजमा माडले सिन्का टाँसेर र काँचको धूलोको घोलमा बनाइएको धागो प्रगोग गरेर चंगा उडाउने गरिन्छ । चंगा उडाउनका लागि हावाको बेग विचार गरेर कला प्रयोग गर्नुपर्ने हुन्छ ।

आकाशमा कसले बढी उचाइसम्म चंगा उडाउने भन्ने प्रतिस्पर्धा चल्ने गर्दछ । आकाशमै एकले अर्काको चंगाको धागो चुडाल्ने (चंगा चेट गर्ने) प्रचलन पनि पाइन्छ ।

काठमाडौंमा देखिएको चंगाको बढ्दो व्यापार र चलहलपलबारे केही दृश्यहरु हेरौं –