फोटो फिचर

तानसेनमा फूलपाती भित्र्याइयो (तस्बिरहरु)

By खबरहब

October 10, 2024

पाल्पा– पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक दशैँघरमा बिहीबार बिहान फूलपाती भित्र्याइएको छ । साथै पाल्पाका देवीका मन्दिर, कोटघरमा पनि फूलपाती भित्र्याइएको छ । 

तत्कालीन जनरल कर्णेल उजीरसिंह थापाले दुईसय वर्ष १५ वर्ष अघि स्थापना गरेको दशैँघरमा परम्परा धान्दै बडा दशैँको फूलपाती भित्र्याइएको हो । 

जिल्ला प्रशासन कार्यालय परिसर सिल्खानटोलस्थित दशैँघरमा रहेको कोतघरमा भगवती सलामीसहित घटस्थापनादेखि पूजाआजा गर्ने परम्परा छ । 

कोतघरमा दैनिक पूजाआजा गरिन्छ । प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, प्रहरी, शसस्त्र र मन्दिरका पुजारी दरवार परिसरमा रहेको दसैँघरबाट बाजागाजा सहित फूलपाती लिन नेपाली सेनाको दि फेमस महिन्द्र दल गण नागपोखरी ब्यारेक गएका थिए । सैनिक र प्रहरीले सलामी दिएपछि दशैँघरमा पुजा आजा सहित फूलपाती लिन गएका हुन् । 

सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्ती लगायतका पात तथा फलहरूलाई पूँजी दुर्गापूजा गरेको स्थानमा भित्र्याउने प्रचलन छ ।