सांकेतिक तस्बिर

समाचार

पुण्य गौतममाथि रड प्रहार गर्ने दुई जना पक्राउ

By खबरहब

October 10, 2024

काठमाडौं – अभियन्ता पुण्य गौतममाथि रड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत २१ गते राती जोरपाटीस्थित निवास गइरहेको बेला गौतममाथि रड प्रहार भएको थियो । जसका कारण उनी गम्भिर घाइते भइ नेपाल मेडिकल कलेजको आइसीयुमै भर्ना हुनु परेको थियो । अभियन्ता गौतम खतरामुक्त छन ।  

प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल व्यावसायी दुर्गा प्रसाईँका कार्यकर्ताहरू काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर च्यामासिंह बस्ने वर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ र रसुवा नवकुण्ड गाउपालिका –०५ घर भई गोकर्णेश्‍वर नपा– ४ बस्ने ४१ वर्षीय  मिलन भन्ने दिल बहादुर गङदानले सो रड प्रहार गरेको खुल्न आएको छ । 

प्रहरीका अनुसार सो घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदान रहेका छन् ।