काठमाडौं- फिल्म ‘हरिबहादुरको जुत्ता’मा नायिका प्रियंका कार्कीको प्रवेश भएको छ । निर्माण पक्षले आइतबार उनी अनुबन्ध भएको जानकारी दिएको हो ।
यसअघि नै फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का अनुबन्ध भइसकेका छन् । निर्देशक दीपेन्द्र के खनालका अनुसार फिल्ममा उनीहरुसहित अन्य कलाकारको पनि अभिनय रहेन छ ।
अहिले आफूहरु कलाकार चयनकै क्रममा रहेको उनले बताए । खबरहबसँग उनले भने, ‘छायाङ्कनमा निस्कन अझै समय बाँकी छ । बिस्तारै अनुबन्ध भएका कलाकारहरुको नाम खुलाउँदै जानेछौं ।’
खनालका अनुसार हरिवंश यस फिल्ममा आफ्नो चर्चित पात्र ‘हरिबहादुर’को भूमिका निर्वाह गर्नेछन् । फिल्मको प्रमुख पात्र पनि उनी नै हुन् ।
फिल्मको कथा हरिवंश आफैँले लेखेका हुन् । निर्देशक खनाल माघ २१ बाट छायाङ्नमा निस्कने योजनामा छन् । फिल्मका निर्माता सरोज ओली हुन् ।