काठमाडौं- काठमाडौं जिल्ला अदालतले मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा एमाले नेता एवम् कोशी प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
जापानमा मानव बेचबिखनको मुद्दामा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याएलगत्तै सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो ।
हवाईजहाजबाट काठमाडौं ल्याएपछि अधिकारीलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेर त्यसपछि अदालतमा उपस्थित गराइएको थियो ।
आइतबार विराटनगरस्थित निवासबाटै पक्राउ गरि अनुसन्धानका लागि काठमाडौं ल्याइएका उनलाई पहिलो पटक दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय प्रहरीलाई दिइएको हो ।
तस्बिरहरू : नेपाल फोटो पुस्तकालय