आक्रमक सुरुवात गरेका पोखराका दुवै ओपनर आउट | Khabarhub Khabarhub

आक्रमक सुरुवात गरेका पोखराका दुवै ओपनर आउट


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितअन्तर्गत पोखरा एभेन्जर्सका दुवै ओपनरलाई कर्णाली याक्सले पवेलियनको बाटो देखाएको छ ।

पोखराका कप्तान कुशल भुर्तेलले टस जितेपछि त्रिवि क्रिकेट मैदानमा ब्याटिङ रोजेको पोखराले कर्णालीविरुद्ध गतिलो सुरुवात गरेको थियो ।

तर कर्णालीले पोखराका दुवै ओपनर एन्ड्रिज गौस र दिनेश खरेललाई पवेलियनको बाटो देखाउन सफल भए । अर्धशतकीय साझेदारी गरेको अवस्थामा कर्णालीले गौसलाई १२ बलमा २५ र खरेललाई १९ बलमा २६ रन बनाएको अवस्थामा आउट गराएको हो ।

गौसलाई विपिन शर्मा र खरेललाई उनिष ठकुरीले आउट गराउन सफल भएका हुन् ।  अहिले क्रिजमा कुशल भुर्तेल र रायोमन रेफर रहेका छन् ।

ताजा अवस्थामा पोखराले ७ ओभर खेल्दै २ विकेटको क्षतिमा ५३ रन बनाइसकेको छ । 

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १ : २८ बजे

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन बोलाउने तयारी

हेटौँडा– बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन यही माघ १० गतेदेखि बस्ने

खो खो विश्वकप : आज नेपाल र भारतबीच उपाधि भिडन्त

काठमाडौं– खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुष तर्फको

सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

बागलुङ– निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

बागलुङ- पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका