समाचार

आज फलफूल तथा तरकारीको मूल्य कति छ ?

By खबरहब

January 11, 2024

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी २२० रुपैयाँ, कालो अंगुर ३२०, केरा दर्जनको १३०, अनार २५०, किबी २००, एभोकाडो २५०, अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै, नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १०, अदुवा १५०, रातो आलु ३३, रातो भारतीय आलु २९ रुपैयाँका कारोबार हुँदा स्थानीय काउली ३०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

समितिका अनुसार लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ७० र हरियो फर्सी लाम्चो ५०, डल्लो हरियो फर्सी ४० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ भने तोरीको साग ४०, रायोको साग ३०, चमसुर, पालुँगो,  मेथी,  सौफको साग  र जिरीको साग ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज ९०, पुदिना २५०, ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ९०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा किनबेच भइरहेको छ । डल्ले भान्टा ५०, लाम्चो भान्टा ४० र हरियो धनियाँ ९० रुपैयाँमा पाइने समितिले जनाएको छ ।