समाचार

सहिद टेकबहादुर साउदको सालिकमा माल्यार्पण

By खबरहब

January 11, 2024

टीकापुर– थरुहट आन्दोलनका सहिद टेकबहादुर साउदको सालिकमा माल्यार्पण गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको  साउदको सालिकमा माल्यार्पण गरिएको हो । पार्टीका संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहितका नेता कार्यकर्ताले उनको सालिकमा माल्यार्पण गरेका हुन् । 

थरुहटरथारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा १८ महिने नाबालक साउदको मृत्यु भएको थियो । उनलाई सहिद घोषणा गरिएको छ । ७ भदौ २०८० गते टीकापुर घटनाको ८ वर्ष पुगेको दिन पारेर मृतक साउदको स्मृतिमा सालिक अनावरण गरिएको थियो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र टेकबहादुर साउद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो । सोही क्रममा थरुहट आन्दोलनका क्रममा मृत्युवरण गरेका सबै सुरक्षाकर्मीहरुको फोटोमा पनि माल्यार्पण गरिएको छ ।