समाचार

धरानका स्वास्थ्यकर्मीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

By खबरहब

January 11, 2024

काठमाडौं–  धरानका स्वास्थ्यकर्मीले प्रधानमन्त्री  पुस्पकमल दाहाल प्रचण्डको  ध्यानाकर्षण गराएका छन् । 

बीपी प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई बर्खास्त गरी प्रतिष्ठानमा व्याप्त गतिरोध अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डको  ध्यानाकर्षण गराएका हुन् ।

बुधबार बिहान प्रतिष्ठानानको कार्यकारिणी समितिको बैठक तोकिएको थियो । तर, कायम मुकायम उपकुलपति कार्की नै अनुपस्थित थिए ।

उनले गैरजिम्मेवार पन देखाएको भन्दै तत्काल बर्खास्त गरी प्रतिष्ठान थप धराशायी हुनबाट जोगाउन कुलपतिका हैसियतले प्रधानमन्त्रीसमक्ष स्वास्थ्यकर्मीले  सो माग गरेका हुन् ।