आर्थिक

बचत संघ दोलखाको अध्यक्षमा भुमिराज खड्का पुनः निर्वाचित

By खबरहब

January 11, 2024

दोलखा– बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संस्था जिल्ला बचत संघ दोलखाको अध्यक्षमा पुनः भुमिराज खड्का सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

संघको बिहीबार सम्पन्न २५ औँ वार्षिक साधारण सभाले पुनः खड्काको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति सर्वसम्मत गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा जगत सुवेदी, उपाध्यक्षमा नारायणबहादुर श्रेष्ठ, महासचिवमा तेन्जिङ शेर्पा, सचिवमा शर्मिला सापकोटा र कोषाध्यक्ष पर्शुराम कार्कीलगायत १७ सदस्यीय सञ्चालक सदस्यहरू चयन भएका छन् ।

संघको लेखा सुपरिवेक्षण समिति संयोजकमा गोपालध्वज श्रेष्ठ सहित अन्य दुई जना सदस्य पनि सर्वसम्मत चयन भएको संस्थाले जनाएको छ।

यस संघको कुल पुँजी ३२ करोड नौ लाख १८ हजार तीन सय २७ रुपैयाँ पुगेको जनाइएको छ। कार्यक्रममा विभिन्न सहकारीलाई समेत सम्मान गरिएको थियो ।

सुबास बस्नेत