अन्तर्राष्ट्रिय

ज्वालामुखीको जोखिममा आइसल्यान्ड

By मनोज घिमिरे

February 11, 2024

यो साता आइसल्यान्डलाई फेरि अर्को धक्का लागेको छ। लाभाको उठानले आकाशलाई नयाँ रङ दिएको छ। त्यस क्षेत्रमा तातो वाफले सताउन थालेको छ। यो ज्वालामुखीले खासै क्षति भने हुन पाएन। पहिले नै सुरक्षित बनाइएको तथा खाली भइसकेको ग्रीन्डाभिको सहरमा ज्वालामुखीको असर परेको थियो। त्यहाँ एउटा पाइपलाइन बनाइएको छ। त्यहीबाट तातो पदार्थ बाहिर पठाइएको छ। पाइप लाइनको प्रयोग गरिएको छ। यसले टाढा रहेका बस्तीलाई सुरक्षित बनाएको छ।

रेकजानेस प्रायद्वीपमा यो विस्फोट भएको सन् २०२३ को डिसेम्बरपछि तेस्रो पटक हो। सन् २०२१ यता भने यस्तो भएको तेस्रो पटक हो। वैज्ञानिकले भने यो ज्वालामुखीजन्य युगको सुरुवात मात्र पनि हुनसक्ने चेतावनी दिइसकेका छन्। यो युग यसरी अगाडि बढेमा १ दशक या १ शताब्दी जान सक्ने छ। त्यसो त आइसल्यान्ड भोल्कानीक गतिविधि र चहल पहलमा नौलो होइन। त्यहाँ यी सबै कुरा सामान्य नै हुन्।

युरोसीया र उत्तर अमेरिकाको बिचमा रहेको ‘टेक्टोनीक’ मै आइसल्यान्ड अडिएको छ। यी प्लेटहरू विस्तारै छुट्टिने प्रक्रियामा छन्। यसले त्यहाँ एउटा फाटो निम्तिएको छ।

भौगोलिक रूपमा तातो स्थानको ठिक माथिल्लो स्थानमा रहेका कारण सो क्षेत्र नै विषादी युक्त बनेको छ। जमिन मुनीको तातो पन त्यहीँ विस्तारै माथि उठीरहेको छ। युरोसीया र उत्तर अमेरिकाको बिचमा रहेको ‘टेक्टोनीक’ मै आइसल्यान्ड अडिएको छ। यी प्लेटहरू विस्तारै छुट्टिने प्रक्रियामा छन्। यसले त्यहाँ एउटा फाटो निम्तिएको छ। त्यो फाटो तथा जमिन मुनी धाँजा परेको स्थानबाट तातोले पग्लिएको ढुङ्गा र म्याग्मा बाहिर आउन थालेको छ।

जब जमिन मुनी म्याग्माले स्थानको खोजी गर्छ, यसले बाहिर नभत्काएसम्म दबाब सिर्जना नगरी छाड्दैन। त्यसै समयमा भित्र रहेका डुङ्गा पनि पग्लिएर तरल अवस्थामा पुग्ने गर्छन्। यसैले लाभाको रूप धारण गर्छ। आइसल्यान्डमा अहिले १ सय भन्दा बढी ज्वालामुखी केन्द्र छन्। यसमा ३० वटा त अझै सक्रिय छन्।

अन्तिम पटक रेक्जानेस प्रायद्वीपमा यस्तो लाभा बर्सिएको शताब्दी अगाडि हो। आठौँ र नवौँ शताब्दी देखिएको यो क्रम सन् १२४० सम्म कायम रहेको थियो। अहिले फेरि योक्रम सुरु भएको छ। तर, सबैको मनमा एउटै प्रश्न उठ्न थालेको छ। आठ सय वर्ष यसरी अघि नबढेको विषय अहिले एकाएक कसरी फेरि सुरु भएको भन्ने प्रश्न धेरैको मनमा तेर्सिन थालेको छ।

अक्सफोर्ड विश्वविद्यालयका पृथ्वी वैज्ञानिक प्राध्यापक तास्मिन मादरकै अनुसार टेक्टोनीक प्लेट एउटा गतिमा सरीरहेको छ। यो प्लेट वर्षमा केही सेन्टिमिटरको दरले सर्ने गरेको छ। यसरी अहिले जोखिमयुक्त स्थानमा पुगेको हो।

अक्सफोर्ड विश्वविद्यालयका पृथ्वी वैज्ञानिक प्राध्यापक तास्मिन मादरकै अनुसार टेक्टोनीक प्लेट एउटा गतिमा सरीरहेको छ। यो प्लेट वर्षमा केही सेन्टिमिटरको दरले सर्ने गरेको छ। यसरी अहिले जोखिमयुक्त स्थानमा पुगेको हो।

हेर्दा सामान्य लागे पनि यसले जमिन भित्र नै धेरै संवेदनशील गतिविधि गरिरहेको हुन्छ। यसको असर अहिले प्रायद्वीपमा देखिएको हो। त्यहाँ रहेका चट्टानहरू अझ पुरानो पनि हुनसक्छ। तर, कमसेकम १ हजार वर्ष पुरानो भने पक्कै हो। केही शताब्दी अगाडिको त्यो विस्फोटबाट बाहिर निस्किएको पदार्थ नै अहिले त्यो स्वरूपमा देखिएको हो।

‘त्यस क्षेत्रमा यस किसिमका गतिविधि भएका छन् ४० हजार वर्ष अघि कै आधार देखिएका छन्,’ प्राध्यापक माथरले भनेका छन्। उनकै अनुसार भविष्यमा एकदमै छोटो समयको अन्तरालमा यस्ता ज्वालामुखी आउन सक्छ। यसको बारे सबै सचेत नभए आइसल्यान्डमा धेरै ठुला समस्या पनि निम्तिन सक्छन्।

अहिले आइसल्यान्डका बारे धेरै अनुमान हुन थालेका छन्। धेरै क्षेत्र जोखिममा रहेको पूर्वानुमान छ । यसरी भएका पूर्वानुमानमा जियो थर्मलको पावर प्लान्ट पनि जोखिममा रहेको जनाइएको छ। यो आयरल्यान्डको अहिले सबैभन्दा ठुलो चिन्ताको विषय हो।

लिड्सका विश्वविद्यालयका भूगर्भविद् प्राध्यापक डा. इभगीना इलीस्कीनाले अहिलेको यो जालामुखीको क्रम दोहरिन सक्ने चेतावनी दिएकी छन्। उनको विचारमा वैज्ञानिकले नै अहिले सबै कुरामा चासो दिनुको विकल्प नै छैन। अहिले उनीहरू जमिन भित्रको अवस्थालाई ट्रायक गरेर कसरी म्याग्मा बाहिर निस्की रहेको छ भन्ने अध्ययन गरिरहेका छन्। अब म्याग्माले जमिन नै कहिले फोरेर बाहिर निस्कने हो भन्ने यकिन गर्न धेरै जना लागेका छन्।

अहिले आइसल्यान्डका बारे धेरै अनुमान हुन थालेका छन्। धेरै क्षेत्र जोखिममा रहेको पूर्वानुमान छ । यसरी भएका पूर्वानुमानमा जियो थर्मलको पावर प्लान्ट पनि जोखिममा रहेको जनाइएको छ। यो आयरल्यान्डको अहिले सबैभन्दा ठुलो चिन्ताको विषय हो।

ज्वालामुखीले जमिन फुटाउने बिन्दु नै पत्ता लगाउन भने कठिन छ। यो इटालीको एट्ना पहाडमा देखिएको जस्तो कोन आधारको ज्वालामुखी होइन। यसरी एउटै सानो स्थानबाट म्याग्मा बाहिर आउँछ भन्ने नै छैन।

रेकजानेसको जमिन मुनी म्याग्माहरू एकदमै फैलिएर चहल पहल गरिरहेका छन्। तसर्थ यो बाहिर निस्कँदा पनि केही किलोमिटर नै फटाएर निस्कन सक्ने सम्भावना छ।

आइसल्यान्डका अधिकारीले सहर ऊर्जा केन्द्रमा ठुलो पर्खाल लगाउने तयारी गरिरहेका छन्। जनवरीमा ग्रीन्डाभिकमा केही घरमा असर गर्नबाट कसैले रोक्न सकेको थिएन। यसरी धेरै अनियन्त्रित ज्वालामुखीको सम्भावना पनि छदै छ। ग्रीन्डाभिकमा ४० किलोमिटरको आसपासमा ७० प्रतिशत नागरिकको बसोबास छ।

महत्त्वपूर्ण भौतिक संरचना पनि त्यसै क्षेत्रमा छ। पावर प्लान्ट मात्र होइन, आइसल्यान्डको अर्थतन्त्रमा पकड राख्ने पर्यटकीय क्षेत्र पनि त्यहीँ रहेको छ। अहिले त्यहाँ महत्त्वपूर्ण सडक संयन्त्र जोगाउन पनि कठिन भइरहेको छ।

पावर प्लान्ट मात्र होइन, आइसल्यान्डको अर्थतन्त्रमा पकड राख्ने पर्यटकीय क्षेत्र पनि त्यहीँ रहेको छ। अहिले त्यहाँ महत्त्वपूर्ण सडक संयन्त्र जोगाउन पनि कठिन भइरहेको छ।

प्रायद्वीपबाट ज्वालामुखी पूर्वमा सरेमा यो राजधानी रेकजानेसका लागि अझ बढी खतराजन्य हुनसक्छ। १ हजार वर्ष अघि ज्वालामुखी भएको भन्दा केही परको स्थानमा राजधानी छ। यस कारण वैज्ञानिकका लागि लामो समयको लागि अनुमान गर्न धेरै कठिनाइ उत्पन्न भइरहेको हो। वैज्ञानिक प्रायद्वीपमा भएको धेरै ज्वालामुखी जन्य गतिविधिलाई हेरिरहेका छन्। लान्कास्टर विश्वविद्यालयका प्राध्यापक डा. डेभ म्याक गराइभका अनुसार पहिलो यो पूर्वबाट पश्चिम सरेको थियो। सन् २०२१ मा ठ्याक्कै बिच भागमा यो ज्वालामुखी देखिएको थियो।

डिसेम्बरको चक्र भने पश्चिमतर्फ गइरहेको देखिएको छ। म्याकगराइभको चिन्ता भने अर्कै छ। ज्वालामुखी पावर प्लान्ट तर्फ सरेमा यसले अझ गम्भीर दुर्घटना नै निम्तिन सक्छ। एक पटक यो उठेपछि नै यसको असर हट्न र केही समय वरपरको जनजीवन सामान्य आउन नै केही महिना लाग्छसक्छ।

अहिले आइसल्यान्डमा एउटा नयाँ जोखिम थपिएको छ। सन् २०२३ धेरै दुर्घटनाका कारण बदनाम थियो। भूकम्प, ज्वालामुखी र बाढी पहिरोको कारण धेरै क्षेत्र नै प्रभावित भएका थिए। यस प्रभाव सायद अर्को वर्ष कस्तो रहने निश्चित छैन। आइसल्यान्ड बाहेक अन्य स्थानमा देखिएका यी विपत्तिको असर अबको वर्ष कस्तो रहने भन्ने अध्ययन गर्न धेरै नै बाँकी छ।

Iceland Volcano

स्रोतः बीबीसी, अलजजिरा