अन्तर्राष्ट्रिय

नवाज शरीफ र उनकी छोरीको जितविरुद्ध पाकिस्तानी उच्च अदालतमा निवेदन

By खबरहब

February 11, 2024

इस्लामवाद– इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ ‍(पीटीआई) ले पीएमएल–एनका सर्वोच्च नेता नवाज शरीफ र उनकी छोरी मरियम नवाजको जितविरुद्ध उच्च अदालतमा निवेदन दिएको छ ।

पीटीआईले शनिबार अबेर लाहोर उच्च अदालतमा पीएमएल– एन नेताहरूको विजयलाई चुनौती दिदैैँ सो मुद्दा दर्ता गराएको हो । उनीहरुले धाँधली गरेर छोरी मरियमलाइ विजेता घोषित गरेको आरोप लगाएका छन् ।

निर्वाचन आयोगले मतगणनाको क्रममा उचित प्रक्रिया नराखेको पीटीआईले जनाएको छ । चुनाव हारेका पीटीआई समर्थित उम्मेदवारहरूले निर्वाचन आयोगले नवाज र मरियमलाई नक्कली नतिजाको आधारमा विजयी घोषणा गरेको दाबी गरेका छन् ।