क्रिकेट

एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

By खबरहब

February 11, 2024

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा भुटानलाई ८ विकेटले हराउँदै नेपालले दोस्रो जित निकालेको हो ।

भुटानले जितका लागि दिएको ६६ रनको लक्ष्य नेपालले ११ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा गर्‍याे ।

नेपालका लागि सीता रानामगरले ३२, रुबिना क्षेत्रीले १७ रन बनाए । त्यसअघि कविता कुँवर ५ र इन्दु वर्मा १ रनमा आउट भएका थिए ।

भुटानकी अन्जु गुरुङ र अन्जुली घलेले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ६५ रन बनाएको थियो । भुटानकी नवाङ छोडेनले २५, कप्तान डिचेन वाङ्गमोले १७ र छिङि जाङ्गमोले १६ रन बनाए ।

नेपालकी कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले एक–एक विकेट लिए ।

नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।