राजनीति

यस्तो देखियो काठमाडौंमा जारी माओवादी केन्द्रीय समिति बैठक (तस्बिरहरु)

By खबरहब

February 11, 2024

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पाचौँ केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु भएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा जारी बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को विशेष समीक्षा हुनेछ ।

चारमहिने अभियानमा पार्टीको संगठन निर्माण, पुनर्निर्माणका साथसाथै सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।

माओवादी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद माधव सापकोटाका अनुसार भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीको कामकारबाही र आगामी फागुन १ देखि ३ गतेसम्म हुने विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।

+

तस्बिरहरु- माओवादी सचिवालय