समाचार

काठमाडौंमा अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता सुरु

By खबरहब

February 11, 2024

काठमाडौं- रोबोटिक्स एसोसियसन अफ नेपालको आयोजनामा अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।

यन्त्र ९ नाम दिइएको प्रतियोगिता फाल्गुन २० गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको त्रिपुरेश्वरस्थीत कवर्ड हलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । सो अवसरमा एमाले अध्यक्ष ओलीले प्रतियोगिताले एक अर्काबीच अनुभव र ज्ञान विस्तार र आदानप्रदान हुने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा रोबोट फुटबल, रोबोट ब्याटल, एआईमा आधारित काम पूरा गर्ने प्रतियोगिता, यन्त्र टिन्स लगायतमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।