फाइल फोटो

देश/प्रदेश

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

By खबरहब

February 11, 2024

काठमाडौं- चन्द्रागिरी नगरपालिका-७ इट्टाखेल बस्ने तिलकबहादुर बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ४ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।