सांकेतिक तस्वीर ।

अपराध

गौशालाको गेस्ट हाउसमा युवतीको हत्या, एक जना पक्राउ

By खबरहब

February 11, 2024

काठमाडौं । काठमाडौं गौशालास्थित एक होटलमा महिलाको हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका– ९ गौशालास्थित सिरहा धनुषा होटल एन्ड लजमा हिजो शनिवार एक महिला मृत भेटिएकी थिइन् ।

एक पुरुषसँग आएकी महिला प्रमिला दमाईँ कोठामै मृत भेटिएकी थिइन् । भने उनीसँगै आएका पुरुष फरार थिए । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।