खेलकुद

स्पेनिस ला लिगा : भिल्लारियलसँग रियल बेटिस पराजित

By खबरहब

March 11, 2024

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले जित निकालेको छ । गएराति भएको खेलमा रियल बेटिसलाई ३–२ गोलले हराउँदै भिल्लारियलले जित निकालेको हो ।

भिल्लारियलका लागि एलेक्स बेना र अलेक्जेन्डर सोर्लोथले एक–एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो ।

यस्तै, रियल बेटिसका गुइडो रोड्रिगेज र विलियन जोसले एक–एक गोल गरेका थिए ।

खेलमा रियलका रोड्रिगेजले खेलको ३०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर भिल्लारियलका एलेक्सले ४०औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि विलियमले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई २–१ गोलको अग्रता दिलाए । तर ४८औँ मिनेटमा रियलका तर्फबाट आत्मघाती गोल भएपछि भिल्लारियल २–२ गोलको बराबरीमा आयो ।

त्यसपछि खेलको ६७औँ मिनेटमा अलेक्जेन्डरले गोल गरेसँगै भिल्लारियल ३–२ गोलले विजयी भयो ।

यो जितसँगै भिल्लारियल २८ खेलबाट ३५ अंकका साथ ११औँ स्थानमा छ । पराजित भएको रियल बेटिस ४२ अंकसहित सातौँ स्थानमा छ ।