खेलकुद

मोन्टरियलसँग मेसीको टोली इन्टर मियामी पराजित

By खबरहब

March 11, 2024

काठमाडौँ– अमेरिकन मेजर लिग सकर फुटबल अन्तर्गत इन्टर मियामी पराजित भएको छ। आज बिहान सम्पन्न खेलमा मोन्टरियलले इन्टर मियामीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

मोन्टरियलको जितमा फेर्नानडो अल्भारेज, माटीआस कोकारो र सनउसी इब्राहिमएले एक–एक गोल गरेका थिए। त्यसैगरी इन्टर मियामीका लागि लियोनार्दो काम्पाना र जोर्डी अल्बाले एक–एक गोल गरेका थिए ।

खेलमा लियोनल मेसीलाई आराम दिएको थियो भने लुइस सुवारेज सब्सटिच्युटको रुपमा खेलेका थिए । इन्टर मियामीको यस सिजनमा यो पहिलो हार हो । यो हारपछि ४ खेलबाट ७ अंक हासिल गर्दै इन्टर मियामी शीर्षस्थानमा रहेको छ। त्यस्तै मोन्टरियल ३ खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।