फाइल फोटो

समाचार

आज फलफूल तथा तरकारीको मूल्य कति ?

By खबरहब

March 11, 2024

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुर प्रतिकेजी १२०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २००, भारतीय सुन्तला ९०, एभोकाडो ५०० र स्ट्रबेरी २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूलो गोलभेडा ७०, अदुवा २००, रातो आलु ३२ र रातो भारतीय आलु ३५ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, लौका ५०, कागती २२०, लोकल काँक्रो १००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाँजर प्रतिकेजी ३० रुपैयाँ, लोकल बन्दा २५, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी १०० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ र टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।