राजनीति

राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसका शर्माले दिए उम्मेदवारी

By खबरहब

March 11, 2024

काठमाडौँ– भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

शर्माले संघीय संसद भवन नयाँबानेश्वरमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

शर्माको प्रस्तावकमा कंग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कंग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंह छन् ।

संसद सचिवालयले आज दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय निर्धारण गरेको छ । यस्तै, दिउँसो साढे १ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

अध्यक्ष पदका लागि भोलि बिहान ११ बजेर ९ मिनेटमा बोलाइएको राष्ट्रियसभा बैठकमा चयन प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ ।