समाचार

राष्ट्रियसभा अध्यक्षमा माओवादीका दाहालको उम्मेदवारी

By खबरहब

March 11, 2024

काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष पदका लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपी सार्की अछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, जसपाका मोहम्मद खालिद र नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल छन् ।

भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनका दाहाललाई स्पष्ट बहुमत पुग्ने देखिन्छ ।

यो पनि… ‘प्रचण्डको भाइ’ भन्दा पीडा हुन्छ : नारायण दाहाल