अपराध

लागूऔषध कारोबारमा संलग्न एक जना पक्राउ 

By खबरहब

March 11, 2024

काठमाडौं– लागूऔषध कारोबारमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं- २४ आँखीदह बस्ने ३६ वर्षीय अनिल गिरी रहेका छन् ।

ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १० सातदोबाटो एरियाको आसपासमा अवैध लागु औषध खैरो हेरोइनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचना काठमाडौं उपत्यका अपराध अनुसन्धानकाे कार्यालयमा प्राप्त भएकोमा लागूऔषध कारोबार गर्ने व्यक्तिको खोजी कार्य गर्दै जाँदा प्रारम्भिक अनुसन्धान पश्चात् लागूऔषध खैरो हेरोइन जस्तो देखिने (४० ग्राम) साना-साना प्लास्टिकको ८ पोका पारी बिक्री वितरण गरी रहेको अवस्थामा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागी मिति आइतबार प्रहरी वृत्त सातदोबाटो पठाइएको प्रहरीले जनाएको छ ।