खेलकुद

रुपन्देहीमा एक्स्ट्राटेक लिजेन्ड कप टी-१० प्रतियोगिता सुरु

By खबरहब

March 11, 2024

रुपन्देही – रुपन्देहीको तिलोत्तमामा नेपाली क्रिकेट क्षेत्रमा लेजेन्डहरू सहभागी लिजेन्ड कप टी-१० प्रतियोगिता सुरु भएको छ ।

तिलोत्तमा-१७ मा नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटनको अवसरमा एक्स्ट्राटेक लिजेन्ड कप टी-१० प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे ।

पहिलो खेल सन् १९९६ र सन् २०१४ मा मुलुकबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने टिमबीच भइरहेको छ । सन् १९९६ को टीमको नेतृत्व एलबी क्षेत्री र सन् २०१४ टीमको नेतृत्व पूर्व राष्ट्रिय क्याप्टेन पारस खड्काले गरिरहेका छन् ।

एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चारवटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी छन् ।