साहित्य

संगीतकार गणेश रसिक र खबरहबकर्मी प्रदीप मेन्याङबो पुरस्कृत

By खबरहब

March 11, 2024

काठमाडौं– बरिष्ठ संगीतकार एवं साहित्य साधक गणेश रसिक नेपाली प्रतिभा प्रतिष्ठान बेलायतबाट सम्मानित भएका छन् ।

त्यसैगरी खबरहबकर्मी एवं साहित्यकार प्रदीप मेन्याङबो प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक समारोहका वीच रसिकलाई सम्मानित एवं मेन्याङबोलाई पुरस्कृत गरिएको हो । दुबैलाई सम्मान एवं पुरस्कारस्परुप एक–एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हरेक वर्ष नेपाली स्रष्टाहरुलाई हौसला प्रदान गर्न सम्मान एवं पुरस्कार प्रदान गर्दै आएको छ ।

सम्मान एवं पुरस्कार वितरण समारोहका प्रमुख अथिति बरिष्ठ साहित्यकार बैरागी काइँलाले रसिक र मेन्याङ्बो दुबैले साहित्यमा पुर्‍याएको योगदान अविस्मरणीय भएको बताएका थिए ।