खेलकुद

जिरी नगरपालिकाले जित्यो वैतेश्वर अध्यक्ष कपको उपाधि

By खबरहब

March 11, 2024

दोलखा । वैतेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालन भएको अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकाले जितेको छ ।

सोमबार सम्पन्न फाइनलमा मेलुङ गाउँपालिकालाई हराउँदै जिरीले उपाधि जितेको हो । फाइनल खेलमा सुरुमा दुई सेट जितेको मेलुङले त्यसपछि लगातार तीन सेट हार्दा उपविजेतामा चित्त बुझाउनु पर्यो ।

जिरीले उपाधिसँगै एक लाख ४० हजार नगदसहित ट्रफीमेडल र प्रमाणपत्र गरेको छ । भने मेलुङ गाउँपालिकाले एक लाख नगदसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै खेलमा तृतीय हुने कालिञ्चोक गाउँपालिका टिम सिँगटीले ६७ हजार नगदसहित ट्रफि मेडल र प्रमाणपत्र र सान्त्वना गौरीशंकर गाउँपालिकाको टिमफुरे समूहले नगद २७ हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ्।

त्यसैगरी खेलमा अनुशाशित टिमको रूपमा कालिन्चोक गाउँपालिका सिंगटि सम्मानित भएको छभने,उत्कृष्ट हेडर,डिफेन्डर,बलकरको रूपमा विभिन्न खेलाडी सम्मानित भएका छन्।