समाचार

वायु प्रदूषणको असरबाट कसरी बच्ने ?

By खबरहब

April 11, 2024

काठमाडौँ– पछिल्ला केही वर्ष यता देशको राजधानी काठमाडौँसहित प्रमुख शहरमा वायु प्रदूषण बढ्दै गएको छ । जसका कारण विभिन्न रोग र सङ्क्रमणको जोखिम समेत बढेको छ ।

वायु प्रदूषण बढ्दा बाहिर निस्कँदा सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, आँखा पोल्ने लगायतका समस्या देखा पर्दछन् । यस्तोमा बाहिर निस्कँदा अनिवार्य मास्क लगाउने तथा कामबिना बाहिर निस्कनु हुँदैन ।

वायु प्रदूषण बढ्नुका मुख्य कारणहरू – अत्यधिक सवारी साधनको प्रयोग – पुराना सवारी साधन विस्थापित गर्न नसक्नु – सवारीका धुवाँ धुलोलाई नियन्त्रण नगरिनु – जथाभावी फोहोरमैला फाल्नु – मानव बस्ती नजिकै कलकारखाना हुनु – कीटनाशक औषधिको प्रयोग बढ्नु – बढ्दो सहरीकरण – आगलागीका घटना बढ्नु

वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असरहरू – एलर्जी हुने – रुघाखोकी लाग्ने – फोक्सोमा प्रत्यक्ष असर – आँखामा असर, आँखा पोल्ने, चिलाउने – निमोनिया – घाँटीको क्यान्सर

वायु प्रदूषणबाट बच्ने उपायहरू – मानव बस्ती वरिपरि धुँवाजन्य पदार्थहरू नजलाउने अर्थात् कलकारखाना तथा उद्योगभन्दा मानव बस्तीबाट टाढा राख्ने – विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा विशेष जोड दिने – ढल निकासको उचित व्यवस्था गर्ने – व्यवस्थित शहरीकरणको विकास गर्ने – खोला, नाला, नदी ताल, सडकको गल्ली आदिमा फोहोरमैला नफाल्ने