सांकेतिक तस्बिर

समाचार

हजुरआमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

By खबरहब

April 11, 2024

पर्सा – आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

८० वर्षीया हजुरआमा सवरजिया देवी पाण्डेको हत्या गरेको अभियोगमा बिन्दवासनि गाउँपालिका–५ हस्वा टोल बस्ने ३० वर्षीय अजय कुमार पाण्डेलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

जग्गा जमिनको विषयमा विवाद भई अजयले कुटपिट गर्दा गम्भीर घाइते भएकी सवरजिया देवीको पोखरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएके छ । घटनाको खबर पाउनसाथ प्रहरी चौकी प्रसौनी भाटा र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।