समाचार

जुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

By खबरहब

April 11, 2024

जुम्ला — जुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

कनकासुन्दरी गाउँपालिका–५ देखि गोठिजिउला जाँदै गरेको लु ५ च १४६० नम्बरको ट्र्याक्टर लोट्खुडाँडामा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा सल्यान त्रिवेणी गाउँपालिकाका २७ वर्षीय वसन्त रेउले रहेका छन् । दुर्घटनामा घाइते भएका चालक रेउलेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।