फाइल तस्बिर

खेलकुद

एसीसी प्रिमियर कप : पहिलो खेलमा मलेशियासँग भिड्दै नेपाल

By खबरहब

April 11, 2024

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार एसीसी टी–२० प्रिमियर कपमा मलेशियासँग प्रतिस्पर्धा गर्दैछ । ओमानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुने छ ।

नेपाल एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन टोली हो । उपाधि रक्षा गर्ने लक्ष्यसहित ओमान पुगेको नेपालले मलेशियालाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

त्यस्तै नेपालले शनिबार नयाँ वर्षको दिन कतारको सामना गर्दै छ । भने बैशाख ३ गते हङकङ र बैशाख ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको समूह ए मा नेपालसहित मलेशिया, साउदी अरेबिया, कतार र हङकङ छन् । त्यस्तै समूह बी मा यूएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत छन्।