देश/प्रदेश

वसन्तमय तिलोत्तमा (फोटो फिचर)

By खबरहब

May 11, 2024

रुपन्देही – तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो। यो देशकै उत्कृष्ट नगरपालिकामा छनोट भएको छ। तिलोत्तमा नगरपालिकाको भू-भागमा पर्ने बुटवल-भैरहवा छ लेन सडक नेपालकै नमुना सडकका रूपमा परिचित छ।

हरियाली प्रवर्द्धनका कार्यक्रमले छ लेन सडकको थप आकर्षण बढेको छ । सडकको दायाँबायाँ एकनासका मझौला रुखको हरियालीबिच डिभाइडरमा ढकमक्क फुलेको बेगनबेली फूलको सौन्दर्यले छोपिएको छ।

बुटवलको योगीकुटी पार गरेपछि तिलोत्तमा नगरपालिकामा प्रवेश गरेसँगै सडकको दायाँ र बायाँ दुबैतर्फ ६ मिटरको दूरीमा स्टोनिया जातका विरुवाको हरियाली छाएको छ भने मुख्य डिभाइडरमा तिलोत्तमा नगरपालिकाले नगरको फूल घोषणा गरेको बेगनबेली राताम्य फुलेको छ।

सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सय बढी प्रजातिका विभिन्न फूलका विरुवा लगाइएको छ।

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी