समाचार

महेश बर्तौला भन्छन्- राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा हेरौँ 

By खबरहब

June 11, 2024

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले राजदूत फिर्ता बोलाउने कुरा सरकारको नियमित काम भएकाले यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका हुन् ।

विगतदेखि नै सरकार परिवर्तन हुँदा राजदूत परिवर्तन गर्ने काम भइरहेकाले यसका कारण कूटनीतिक क्षेत्रमा कुनै असर नपर्ने उनले बताए । उनले राष्ट्रिय हित प्रवर्द्धनका लागि सरकारले आफ्नो काम निरन्तर गर्ने धारणा राखे ।

बर्तौलाले सरकारको सहजताका रूपमा राजदूत परिवर्तनको विषयलाई लिनुपर्ने उल्लेख गरे । त्यस्तै उनले प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा छिटै सदनमा जानकारी गराउने बताए ।