सांकेतिक तस्वीर

देश/प्रदेश

पर्वत र नवलपरासीबाट दुई जना मृत अवस्थामा फेला

By खबरहब

June 11, 2024

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका-५ स्थित गोपाङघाट जाने भिरमा सोही नगरपालिका-५ गुम्बामा लेवर काम गर्ने गुल्मी चन्द्रकोट गाउँपालिका-७ घर भएका ५१ वर्षीय प्रकाश माझी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गत जेठ २० गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

त्यसैगरी, नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-२ गुहेरीस्थित सारू टोलस्थित खोला किनारमा सोही गाउँपालिका-२ गुहेरी बस्ने ५५ वर्षीय धन बहादुर वयम्बु मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।