समाचार

जसपाका कुनै पनि सांसद पुगेनन् मधेसको नीति तथा कार्यक्रममा 

By खबरहब

June 11, 2024

जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपालका कुनैपनि सांसद मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सहभागी भएका छैनन् ।

जसपाको महाधिवेशनमा सबै सांसद व्यस्त हुँदा कोही पनि प्रदेशसभा बैठकमा पुग्न नसकेको जसपा का प्रवक्ता एवं प्रदेश सभा सदस्य मनिष सुमनले बताए ।

उनले भने, ‘महाधिवेशन कुनैपनि पार्टीको लागि महापर्व हुन्छ । सबै जना सांसद त्यसमै व्यस्त हुनुहुन्छ ।’