तस्बिर : स्काई न्यूज

अन्तर्राष्ट्रिय

चीनमा अमेरिकी शिक्षकमाथि छुरा प्रहार, ह्वाइट हाउसद्वारा गम्भीर चिन्ता व्यक्त

By खबरहब

June 11, 2024

वासिङ्टन – उत्तरपूर्वी चीनमा हालै चार जना अमेरिकी कलेजका शिक्षकमाथि छुरा प्रहार गरिएको घटनाले अमेरिकालाई ‘गम्भीररूपमा चिन्तित’ बनाएको ह्वाइट हाउसले जनाएको छ ।

‘चीनको जिलिन सिटीमा अमेरिकी नागरिकमाथि भएको छुरा प्रहारबाट हामी निकै चिन्तित छौँ’, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ट्वीटरमा लेखेका छन्, ‘हाम्रो टोली यी अमेरिकी नागरिक, उनीहरूका आपन्तजन र हाम्रा चिनियाँ समकक्षीहरूसँग सम्पर्कमा रही पीडितहरूको आवश्यकता पूरा भएको सुनिश्चित गर्न उचित कानून प्रवर्तन कदमहरू चालिएका छन् ।’